काठमाडौं २० माघ

सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न अनुरोध गरेपनि चुनाव स्थानीय निकायको गर्ने कि तहको गर्ने भन्ने तोकेको छैन ।
मन्त्रीपरिषद बैठकले निर्वाचन निकायको गर्ने कि तहको गर्ने भन्ने नतोक्दा केही अन्योल समेत देखिनु स्वभाविक नै छ ।
तर, कानुनमन्त्री अजयशंकर नायकले अब निकाय कि तह भनेर अल्झिनै नपर्ने बताएका छन् । मन्त्री नायकले निर्वाचन सम्बन्धी विधेयक नै तह भनेर पारित भईसकेको र सोही विधेयक अन्तर्गत निर्वाचन हुने भएकाले तह कि निर्वाचन भनेर विवाद गरिरहनु पर्ने विषय नभएको बताए ।
‘सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी थाल्न अनुरोध गरेको छ, निकाय कि तह भनिएको छैन,’ मन्त्री नायकले भने, ‘निर्वाचन विधेयक नै पारित भईसकेकाले र सोही विधेयकको आधारमा चुनाव हुने भएकाले अब निकायको होइन, स्वतः तहको निर्वाचन हुन्छ, यसमा अल्झिरहन नै पर्दैन ।’
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तहकै निर्वाचन गर्नुपर्ने पक्षमा रहेपनि नेपाली कांग्रेसले स्थानीय निकायको चुनावमा जोड दिदै आएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।