काठमाडौं २० माघ
नेपाल सरकारको सचिव पदमा शिशिर ढुंगाना बढुवा भएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकले ढुंगानालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारले उद्योग मन्त्रालयकी यमकुमारी खतिवडालाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै, मन्त्रीपरिषद बैठकले चीनको गोन्जाओको महावाणिज्य दुतमा सहसचिव रवि भण्डारीलाई पठाउने निर्णय गरेको छ ।
बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्लमा चिडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ ।
सरकारले मन्त्रालयहरुमा पुजिगत खर्च कम र चालु बढी देखिएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
Comments