ज्योती बानियाँ
भारतीय गुप्तचर संस्थाका पुर्व अधिकारीहरुले लेखेको किताबहरुलाई मात्रै अध्यान गर्दा खेरी पनि के बुझिन्छ भने नेपालमा अहिले देखिएको संकट नाकाबन्दी चाहिँ अहिले तत्काल तयार भएको उनिहरुको कार्ययोजना होइन ।
यो धेरै अगाडी इन्दिरा गान्धीको पालादेखी नै नेपालको तल्लो बेल्ट जुन उहांहरुले खोजीरहनु भएको कुरा चाहिँ ‘बफर स्टेट’, छुट्टै एउटा राज्य बनाएर राख्ने र माथिल्लो बेल्ट चाहिँ बिशेस गरी अलि तरल अवस्थामा रखीरहने चाहे त्यो जातिय होस चाहे राजनीतिक अस्थिरता होस त्यो अवस्था गरिरहने र यहाँको तल्लो बेल्टलाई बफर स्टेटको रुपमा रखिसकेपछी माथिल्लो बेल्टलाई तरल अवस्था बनाएर राखिरहने अवस्था हो कि भन्ने देखिन्छ । यो प्रत्यक नेपाली नगरिकले बुझ्नुपर्ने कुरा हो ।
नेपालमा भएको पानीलाई टनेलबाट बिभिन्न नाका बाट लिएर गएर फेरी हराभरा बनाउन खोजिएको अवस्था छ त्यस्को लागी जो तयार हुन्छ, माइक्रो म्यानेज्मेन्ट गरिरहेको अवस्था छ । जो-जो आफ्नो लागी सहज हुन्छ, तिनिहरुलाई माइक्रो म्यानेजमेन्टको नामबाट रख्न खोजिएको अवस्था छ । राज्यसत्ता होस्, खर्दारदेखी लिएर माथिल्लो पदमा आफुले हुन्छ बहादुरहरुलाई लगेर राख्ने स्थिती बनिरहेको अवस्था छ । त्यही रणनितिक योजनामा बिभिन्न पक्षहरु नेपालमा परिरहेको अवस्था छ ।
अधिवक्ता बानियाँसँग रेडियो सगरमाथाको कार्यक्रम रेडियो कुराकानीमा आधारित, पत्रकार निरा रानाभाटको फेसबुकबाट
Comments








