Update- कृष्णभिरमा सडक भासियोपछि काठमाडौँमै रोकियो सवारी साधन

update- पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा राेकिएकाे छन् ।

काठमाडाैं । कृष्णभिरमा सडक भासिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट नजिक नदीले कटान गरेपछि सडक भासिएको हो।

प्रहरी प्रधान कार्यालयले नदीले सडक कटान गरेपछि मुख्य सडक भासिएको जानकारी दिएको छ।

सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।