जनसेवाका लागि १६ जनाको मेडिकल टिम ललितपुरमा

काठमाडौं २६ ।
नेपालमा भूकम्प पीडितको उपचारका
लागि भारतबाट १६
जनाको एक मेडिकल
टिम राजधानीमा आएर
काम थालेको छ
। 
नेपाल भूकम्प पीडित एकजुटता
मञ्चको पहलमा नेपालका भूकम्प
पीडितहरुको सहायताका लागि सो
टोली राजधानी आएर
औषधी उपचारको काम
थालेको हो ।
प्रोग्रसिभ
मेडिकोज फोरम, इन्क्लाबी मजदुर
केन्द्र, परिवर्तनकामी छात्र संगठन, प्रगतिशील
महिला एकता केन्द्र,
क्रान्तिकारी लोकअधिकार संगठन, नागरिक
पाक्षिक पत्रिका मिलेर मञ्चको
निर्माण भएको हो
पीडित नेपालीलाई दया नभई
भाइचारा सम्बन्ध देखाउन आएको
टोलीले जनाएको छ । यो टिम शनिवार
ललितपुरको विकट क्षेत्रमा
जनताको स्वास्थ्य उपचारमा खटिएको
छ ।
डा. राजीव पुरी, डा.
सञ्जीवकुमार, डा. आनन्दकिशोर,
डा. प्रमोद धारिवाल,
डा. दुर्गेशकुमारसहित १६
जनाको टिम शुक्रबार
राती काठमाडौं आइपुगेको
हो ।
सो टोलीले उपचारको काम
थाल्न अगाडी नेकपा
माओवादी प्रवक्ता पम्फा भुसाल
लगायत नेताहरुसँग यहाँको
अवस्थाबारे जानकारी लिएको थियो
आज ललितपुरको धुसेलमा रहने
सो टोलीले गोटीखेल,
शंखु लगायत गाविसमा
स्वास्थ्य शिविर सञ्चालन गर्ने
छ । आफ्नै
खर्चमा औषधी उपचार
गर्ने टोलीले जनाएको
छ ।

सो टोलीले यसअघि भारतको
उत्तराखण्डमा २०१३ सालमा
बाढी पीडितको उपचारमा
खटिएको थियो भने
नेपालको कोशी पीडितहरुको
उपचारमा समेत खटिएको
थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।