काठमाडौं ११ फागुन
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनमा दक्षिणी र उत्तरी छिमेकी राष्ट्रले कुटनीतिक रुपमा निकट हुने संकेत देखाएका छन् ।
दुवै देशका राजदूत प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर शुभकामना दिएका छन् । एक किसिमले हेर्ने हो भने दुई देशका राजदूतबिच शुभकामना दिन सल्लाह नै गरेर आएको जस्तो देखिन्थ्यो भने अर्कातर्फ प्रतिस्पर्धा नै जस्तो पनि देखिन्थ्यो ।

प्रधानमन्त्री पदमा आसिन अवस्थामा दुवै देशका राजदूत प्रधानमन्त्री निवासमै आएर यसरी शुभकामना दिनुले दुवै देश निकट सम्बन्ध बनाएर अघि बढ्न चाहेको भने स्पष्ट देखिएको छ ।
ओलीको ६७ औं जन्मदिन आज शुक्रबार हो ।
Comments







