काठमाडौँ । सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलकाे ठाउँमा सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको हाे ।
सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए ।
सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो । त्यसपछि रोहितले नेपालको कप्तानी गर्दै आएका थिए ।
Comments





