काठमाडौं । माइक्राे ब्लगिङ एक्स (ट्विटर) ले क्रियटर लक्षित ठूलो परिवर्तन गर्न लागेको छ । एक्समा क्रिएटरहरूले उनीहरूको पोस्टले पाउने समग्र इन्गेजमेन्ट, हेराइ, रिपोस्ट, प्रतिक्रिया आदीका आधारमा पैसा कमाउँथे । यसले धेरै समस्या ल्याएको भन्दै एक्सले यसलाई बन्द नै गर्न लागेको छ ।
प्रिमियम प्रयोगकर्ताहरुको कन्टेट वा भाइरल क्लिप उठाएर सामान्य शब्दहरु थपेर एग्रिगेशन वा क्लिकबिट खाताले पनि पैसा कमाएकाे कम्पनीको बुझाई छ । यसले प्रियिमम वा दुःख गर्ने प्रयोगकर्तालाई अन्याय परेको भन्दै कम्पनीले नयाँ प्रणाली लागू गर्न लागेको हो ।
हालका सहभागीहरूले सेप्टेम्बर ७ सम्म पुरानै तरिकाले कमाउन सक्नेछन् । त्यसपछि सेप्टेम्बर ८ देखि नयाँ कार्यक्रमका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
भुक्तानी अब समग्र इंगेजमेन्ट भन्दा क्वालिफाइड इम्प्रेशन अर्थात् प्रिमियम सदस्यहरूले होम टाइमलाइनमा पोस्टको कम्तीमा आधा भाग देखिने गरी दिएको अद्वितीय हेराइका आधारमा हुनेछ । नक्कल गरिएको, प्रोमोट गरिएको वा फर्जी इम्प्रेसन मान्य नहुने कम्पनीले जनाएको छ ।
नयाँ नियम अनुसार मौलिक रिपोर्टिङ र विश्लेषण, पोस्ट गर्नेले आफैं बनाएको फोटो/भिडियो, वा आफैं डिजाइन गरेको मिम/ग्राफिक्स पर्नेछन् । एक्सका प्रिमियम तहमा सदस्यता, कम्तीमा ५०० प्रमाणित फलोअर, र ९० दिनभित्र ५ लाख होम टाइमलाइन इम्प्रेसन आवश्यक पर्नेछ । कम्तीमा १८ वर्ष उमेर, योग्य देशमा बसोबास, र राम्रो हैसियतको पर्सनल वा बिजनेश खाता चाहिनेछ ।






