Wednesday, September 9, 2026
22.1 C
Kathmandu
Home प्रविधि र व्यवसाय विश्वकै ठूलो चिप कारखाना खुल्दै, एलन मस्कद्धारा पहिलो चरणमा २२ खर्ब लगानी...

विश्वकै ठूलो चिप कारखाना खुल्दै, एलन मस्कद्धारा पहिलो चरणमा २२ खर्ब लगानी गर्ने घोषणा

काठमाडौं । इलोन मस्कका दुई प्रमुख कम्पनीहरू टेस्ला र स्पेसएक्सले अमेरिकाको टेक्सासमा टेराफ्याब नामक विश्वकै ठूलो चिप (सेमिकन्डक्टर) कारखाना निर्माण गर्न पहिलो चरणमा १६.८ अर्ब डलर नेपाली लगभग २२ खर्ब नेपाली रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन्।

यो उन्नत चिप कारखाना ह्युस्टन बाहिर, टेक्सासको ग्रिम्समा बन्नेछ। फ्याक्ट्रीको लागि १० करोडभन्दा बढी वर्ग फिट उत्पादन क्षेत्र योजना गरिएको छ । यसबाट पहिलो चरणमै कम्तीमा ३,००० भन्दा बढी उच्च तलबका नयाँ रोजगारी (इन्जिनियर, टेक्नीसियन र अपरेटर) सिर्जना हुनेछ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।