फागुन २९ । सप्तरीकी एक १४ वर्षीया किशोरीलाई बिहेको नाटक गरी बलात्कार गर्ने विरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ।
बलात्कारको आरोपमा गिरफ्तार धनुषा जिल्ला गोपालपुर गाविस–९ हारसरका ४० वर्षीय कलाम राइनविरुद्ध आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।
आरोपितले बालिकासँग गत फागुन २ गते विवाहको नाटक गरी बलात्कार गरेको भन्दै प्रहरीले आरोपितलाई गत फागुन ४ गते राजविराज नपा–२ स्थित पीडितकै घरबाट गिरफ्तार गरेको थियो।
Comments



