Friday, July 24, 2026
23.7 C
Kathmandu
Home मुख्य समाचार भारतीय सेनाले रगताम्य हुनेगरी यसरी खाए चिनियाँ सेनाको गोदाई

भारतीय सेनाले रगताम्य हुनेगरी यसरी खाए चिनियाँ सेनाको गोदाई

अशोक स्वेन अप्पसाला विश्वविद्यालय स्वीडेनका पिस एण्ड कन्फ्लिक्ट अनुसन्धानका प्रोफेसर हुन् । उनलाई भारतमा विश्लेषक भनेर चिनिन्छ ।

उनै भारतीय विश्लेषक अशोकले केही दिन अघि भारतीय आर्मी पोशाकमा रगताम्य भएका भारतीय सेनाहरु भारत चीन विवादित क्षेत्र लद्दाखमा भुईमा लडिरहेको र नजिकै चिनियाँ सेनाहरु रहेको तस्बीर माइक्रोब्लगिङ ट्वीटरमार्फत सार्वजनिक गरे ।

उक्त तस्बीरसँगै अशोकले गम्भीर प्रश्न पनि खडा गरेका छन् । मुकाबिलामा रगताम्य भएका भारतीय सेनाहरुप्रति संकेत गर्दै उनले चिनियाँ सेनाहरुले भारतीय सेनामाथि के गरेका हुन ? भन्दै यस विषयमा मोदी किन बोल्दैनन् भनेर चिनियाँ सेनाबाट भारतीय सेनामाथि आक्रमण गर्दा पनि चुप लागेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

‘ह्वाई इज मोदी साइलेन्स’ अर्थात ‘मोदी किन चुप छन्’ उनले भनेका छन् ।

पाकिस्तानसँगको विवादमा मोदीले सर्जिकल स्ट्राइक गरेको बताएको र भारतीय मिडियाले त्यसलाई निक्कै बढाईचाई गरेकोप्रति व्यंग्य गर्दै भारतीय मिडियाले सर्जिकल स्ट्राइकको कुरो किन नगरेको र मोहन भागवतको आर्मी कता गए भनेर समेत प्रश्न उठाएका छन् ।

यसअघि अशोकले पाकिस्तानी भुमिमा सर्जिकल स्ट्राइक गरेको भनेर मोदीले झुक्याएको बताउँदै आएका छन् ।

याे पनि पढ्नुहाेस् – चिनियाँ सेनासँग भिड्न भारतले खटायो लद्दाखमा गोर्खा सैनिक
पछिल्लो समय लद्दाखमा दुई देशका सैन्यबिच द्धन्द्ध बढेको छ । भारतीय सेनाले त्यहाँ हतियार र सैन्य शक्ति थुपारिरहेको बताइएको छ भने सिमानामा दुई दुईका सेनाबीच मुकाबिला हुने गरेको खबरहरु प्रकाशित भइरहेका छन् । मुकाबिलाकै क्रममा भारतीय सेनाहरुले चिनिया सेनाकाे गाेदाइ खाएर घाइते भएको अशोकले ट्विट गरेको तस्बीर हुनेसक्ने आँकलन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।