काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा बारा गढिमाईका १९ देखि ३२ वर्ष उमेरसम्मका ५, धनुषाकी ३० वर्षकी महिला सहित ६ जना पुरुष, कपिलवस्तुका २६ वर्षकी एक महिला सहित २१ देखि ४८ वर्ष उमेर सम्मका ११ जना पुरुष,महोत्तरीका १९ देखि ३६ वर्ष उमेर सम्मका ३ पुरुष, रौतहटमा ६ महिने बालिका र ३ महिला सहित ६४ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । यस्तै सर्लाहीका १९ देखि ४० वर्ष उमेर सम्मका ३ पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २ वर्षका बालक सहित ८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ र २५ वर्षका र खोटाङका २१ देखि ४५ वर्ष उमेरसम्मका ३ पुरुषलाई कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको राजपुर, घोराही, बग्लाचुली, बबईका १६ देखि ३५ वर्ष उमेरसम्मका १४ जना पुरुष र २३ वर्षकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणम कपिलवस्तु कृष्णनगरका १७ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । यस्तै आजै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १५ देखि ३५ वर्ष उमेरसम्मका ४२ जना पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा डोटी दिपायल सिलगढीका ४५ वर्षकी एक महिला सहित २२ र २७ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याङजा १८ वर्षका १ जना पुरुष,पर्वतका २१ देखि २८ वर्ष उमेर सम्मका ४ जना पुरुष, बाग्लुङमा ३३ वर्षकी एक महिला र १६ देखि ३३ वर्षसम्मका ९ जना गरि १० जनालाई कोरोना पुष्टि भएको छ । म्याग्दीमा १९ वर्षका एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

हेटौडामा गरिएको परीक्षणमा बाराका १२ वर्षका बालक र एक महिला सहित ७ जना र सिन्धुलीका १ र रौतहटका १८ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ । विराटनगरमा गरिएको परीक्षणमा एक, नारायणी अस्पतालमा गरिएको परीक्षणमा एक किशोरी तथा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा भद्रपुरका २७ देखि ५५ वर्षका पुरुष,ताप्लेजुङका २५ वर्षका १ पुरुष,सुनसरीका ३० वर्षका एक पुरुष र सप्तरी राजविराजका १७ देखि ४८ वर्ष उमेरसम्मका १३ जना पुरुषलाई कोरोना पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखा र पाल्पा गरी १० जनाको मृत्यु भएको छ ।