काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । बुधबार थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।
अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको हो ।
मृतक पुरुषको स्वाब संकलन गरी सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनी असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।




