काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नै काेराेनाबाट ११ को मृत्यु भएको छ । २४ घण्टामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । बुधबार थपिएका मृतकको संख्यासँगै कुल मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ ।

यसैगरी, सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।