काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको घटेको छ । आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो
Comments







