पशुपतिका मुल पुजारी भट्टले दिए राजीनामा

असोज ५ । आमाबावु बिरामी भएको कारण देखाउँदै पशुपतिनाथका मूल भट्ट पुजारी महावलेश्वरम भट्टले पदबाट राजीनामा दिएका छन् ।

 बिहीबार बसेको सञ्चालक समिति परिषद्को १२२ औं बैठकमा मूल भट्ट पुजारीले राजीनामा दिएका हुन् ।

नियमावलीअनुसार भट्टले आफ्नो पदबाट राजीनामा दिन चाहेमा परिषदमार्फत संरक्षकसमक्ष दिने सक्ने व्यवस्था छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले पारिवारिक कारण देखाउँदै स्वैच्छिक राजीनामा दिएको बताएको खबर कान्तिपुरले छापेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।