असोज ५ । सामाजिक सञ्जाल फेसबुकमार्फत साली पर्ने युवतीलाई पट्याएर  नाजायज सम्बन्ध राख्ने एक युवक प्रहरी खोरमा पुगेका छन् ।

 रोशन गजुरेल फेसबुकमार्फत साली पर्ने एक युवतीसँग नाजायज फाइदा लिन खोजेको आरोपमा गजुरेल पक्राउ परेको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ३३ वर्षीय गजुरेललाई पक्राउ गरेको हो । गजुरेललाई विद्युतीय कारबाही ऐनअनुसार कारबाही सुरु गरिएको छ ।

उक्त ऐन अनुसार  पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
ती युवतीसँग नजिकिएर गजुरेलले नाजायज सम्बन्ध राख्ने प्रयास गर्दा असफल भएपछि युवतीलाई ब्ल्याकमेलिङ गर्ने क्रममा उनले नांगो तस्बिरमा अनुहार राखेर फेसबुकमा फोटो सार्वजनिक गरिदिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।