एमाओवादीको सातौँ महाधिवेशन चलिरहँदा ७ जना राज्य समिति सदस्यले भने पार्टी त्याग गरेका छन् ।
पार्टी त्याग गरेका ती नेताहरुहरु मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका प्रवेश गर्ने भएका छन् ।
यसरी पार्टी त्याग गर्नेहरुमा अखिल नेपाल किसान संघ २००७ का पूर्व महासचिव बिदुर खरेल सहित एमाओवादी मिथिला राज्य समितिका ७ जना रहेका छन् ।
उनीहरु नेकपा माओवादीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा अध्यक्ष मोहन बैद्यको उपस्थितिमा दिउँसो पत्रकार सम्मेलन गरी पार्टी प्रवेश गर्ने बताइएको छ ।
एनेकपा माओवादी छाड्नेमा राज्य समिति सदस्यहरु टंक प्रसाई, बलराम न्यौपाने, दिलिप पाठक, केशब न्यौपाने, ठकन महतो लगायतका रहेका छन् ।
एकीकृत नेकपा माओवादी विसर्जनको बाटोमा लागेकाले उनीहरुले पार्टी छाडेको बताएका छन् भने एनेकपा माओवादी भने महाधिबेशन प्रतिनिधिमा नपरेको आवेगमा उनिहरुरले पार्टी छोडेको आरोप लगाएको छ ।








