५० हजार लिएपछि अमेरिकामा बसेर रेखाद्वारा छलछाम

नेपाली चर्चित नायिका रेखा थापाले ५० हजार रुपैयाँ लिएर उक्त कार्यक्रममै सहभागी नभएको समाचार आएको छ ।

अमेरिकामा रहेकी उनले मलेसियाका विभिन्न शहरमा हुन लागेको रिमिक्स धमाका नामक कार्यक्रममा लागि लिखित सम्झौता गरे पनि अन्तिममा आफू आउन नसक्ने भन्दै जवाफ दिएकी हुन् ।
उनले सम्झौताका क्रममा केही रकम लिईसकेको आयोजकको भनाई छ । आयोजकहरुले जनाए अनुसार रेखाले पारिश्रमिकको २० प्रतिशत रकम ४४ हजार रुपैयाँ र अन्य खर्चवापत ६ हजार रुपैयाँ गरी ६ हजार बुझिसकेकी थिइन् ।

तर फेब्रुवरी ५ तारिखका दिन थापाले अमेरिकाबाट एसएमएस गरी आफू कार्यक्रममा उपस्थित हुन नसक्ने सन्देश दिएको बताइएको छ ।

आयोजकले रेखालाई सम्झाउने अनेक प्रयत्न गरेपनि रेखाले नमानेको बताइएको छ । रेखाले आयोजकलाई अमेरिकाको भिषा सिंगल इन्ट्री भएको भन्दै उपस्थित हुनै नसक्ने बताएकी थिइन् ।
रेखा थापा आउने भनेर टिक काटेका दर्शकहरु आयोजकसँग रुष्ट भएपछि आयोजक पक्ष भने रेखाको गैर जिम्मेवारीपनले यस्तो हुन गएको बताउँदै आएको छ ।

लेसियामा विदाको अवसर पारेर रिमिक्स धमाका ५ को आयोजनाको लागि गायक प्रमोद खरेल,नायिका अनु शाह,गायिका माण्डवि त्रिपाठि,विरहि कार्कि, जागेन्द्रर र सुरेन्द्र केसि,९मुलाको साग ० आउने भएका छन् । नायिका रेखाले धोका दिएपछि नायक तथा संचारकर्मि दिनेश डिसि र नायिका झरना थापालाई ल्याउने तैयारी भैरहको आयोजकहरुले जानकारी गराएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।