मकर श्रेष्ठ, कान्तिपुर माघ २४ – शौचालयबाट कोठा जादै गरेकी बालिकालाई एक युवकले सोमबार घरभित्रै छिरेर
बलत्कार गरेको छ । भूईतल्लामा रहेको शौचालयबाट चौथो तल्लाको कोठामा भर्‍याङ
चढ्दै गर्दा जबरजस्ती गरेको पीडितले प्रहरीलाई उजुरी दिएकी छिन् । 
भक्तपुर नगरपालिका १० चोछेको गल्लीमा बस्दै आएकी काभ्रेकी १२ वर्षीया
बालिकालाई जरबजस्ती गर्ने केटा भर्‍याङ छेउमा लुकेर बसेको हुन सुक्ने
बालिकाले बताइन । उनी सात कक्षामा भक्तपुरको एक विद्यालयमा अध्ययनरत छिन् ।
प्रहरीले बालिकालाई जबरजस्ती गरेको आरोपमा भक्तपुर नगरपालिका १४ बोलाछेका
२२ बषर्ीय रञ्जन प्रजापतिलाई नियन्त्रणमा लिई मंगलबार सात दिनको म्याद थप
गरेको छ । प्रजापतिलाई जबरजस्ती करणी र अप्राकृतिक मैथुनमा अन्तर्गत मुद्धा
चलाएको छ । 

प्रहरी निरिक्षक अर्जुनकुमार श्रेष्ठका अनुसार प्रजापति शुक्रबार
सार्वजनिक अपराधको कारबाही भोगेर तीन हजार धरौटीमा छुटेका थिए ।
सिद्धपोखरीको माछा चोरी गरेको आरोपमा उनलाई यस अघि पक्राउ गरेको थियो ।
त्यस अघि एक रेष्टरेन्टमा कार्यरत युवतीको सामान चोरेको आरोपमा पक्राउ
परेका थिए । बालिकाको आफन्तले दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता
गराएका छन् । 
पीडित बालिकाको बुबा फलफुल व्यापार गर्छन । भर्‍याङ मुनी व्यापारका सामान
राखेका थिए । सौचालय जान लागेकी छोरीलाई सामान भए नभएको हेर्न अराएका थिए ।
‘बुबाले भर्‍याङमुनीको सामान छ कि छैन हेर्न पठाउनु भएको थियो । त्यही
बेला सौचालय गएर कोठामा जादै थिए,’पीडित बालिकाले भनिन,’सुरेश भन्ने मान्छे
यही बस्छन, उनलाई चिन्छौ कि चिन्दैनौ भनेर सोध्यो, मैले यो नाम गरेको
मान्छे बस्दैन भन्ने बित्तिकै मुख छोपेर भूइमा लडाए अनि जबरजस्ती गर्‍यो ।’
बालिकाको गुप्ताङग रक्तताम्य भएपछि आफन्तले उपचारको लागि भक्तपुर अस्पताल
पुर्‍याएका थिए । प्रहरीले घटनाको जानकारी पाएपछि पीडितसंग सोधपुछ थालेको
थियो । पीडित बालिकाले आफूलाई जबरजस्ती गर्ने युवक २०- २२ बर्षको, रातो
कपाल भएको, सेतो पाइन्ट लगाएको जस्ता हुलिया दिएकी  थिइन । त्यसको आधारमा
प्रहरीले अनुसन्धान गर्दा प्रजापति घटना संलग्ना रहेको आरोपमा पक्राउ गरेको
हो ।
भक्तपुरमा बलत्कारको घटना बढेको प्रहरी तथ्याङक छ । काभ्रेकी यी बालिका
सहित माघमा मात्रै चार वटा यस्ता घटना भएको छ । भक्तपुर प्रहरीको तथ्याङक
अनुसार चालू आर्थिक बर्षको साउनदेखि सोमबारसम्म ११ वटा जबरजस्ती करणीको
घटना भएको छ । गत एक बर्षमा ११ वटा करणीको घटना भएकोमा यस बर्ष सात महिनामा
११ वटा घटना भएको छ । त्यस्तै ०६६/६७ र ०६७/६८ मा ५/५ वटा घटना भएको
प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय बाहेक बैबाहिक बलत्कारको घटना सिधै अदालतमा समेत मुद्धा
पर्ने गरेको छ ।  मोरङ घर भएकी एक युवतीले जिल्ला अदालतमा दिएको उजुरीमा
बिबाह गर्नु अघि सेक्स भिडियो बनाएकै आधारमा जबरजस्ती विवाह गर्नु परेको र
विवाह पछि पनि पशुवत करणीको समाना गर्नु परेको भन्दै सम्बन्ध बिच्छेदको माग
गर्दै मुद्धा दायर गरेकी छिन् ।
…………..
‘यौन भिडियो बनाएपछि विवाह’
 नौ कक्षामा स्थानीय स्कूलमा पढदादेखि नै उसले मन परादो रहेछ । किशोर
उमेरको कारण प्रेमको अर्थ नबुझी मैले पनि उसलाई मन पराउन थाले । पत्राचार
हुन थाल्यो ।  ११ कक्षा पढदा साथीको अगाडि थप्पड हानेर मेरो बेइज्जत गर्‍यो
। त्यसपछि निरन्तर मानसिक र शारीरक दबाब दिन थाल्यो । असली स्वभाव अर्को
भएको ठानी टाढा रहेर भुल्ने प्रयत्न गरे । त्यो केटा विदेश गयो । फर्केपछि
सुध्रन्छ होला भन्ने अपेक्षा थियो । तर उसको स्वभाव पहिलाको जस्तै रहेछ ।
त्यसपछि उनलाई पूर्णत रुपमा त्यागे । उच्च माध्यमिक तहको अध्ययन गरिरहेको
बेला मेरो वैवाहिकको कुरा आयो । राम्रो परिवार र विदेशमा अध्ययनरत शिक्षिक
केटा थियो । विवाह पनि पक्का भयो । यो कुरा थाहा पाएपछि त्यो केटाले उक्त
कामलाई पनि भाजो हाली मसंग शारीरक सम्पर्क भएको र श्रीमती बनाई सकेको भनी
अनर्गल झुटो प्रचार गरी विवाह हुन दिएन । उच्च माध्यमिक तहको अध्ययन पुरा
गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पोखराको एक इन्जिनिरिङ कलेजमा
गए । त्यहा पनि फोन गरी अश्लिल शब्द प्रयोग गरेर हैरान बनायो । अध्ययनको
क्रममा छुट्टीमा ०६७ माघ २ गते काठमाडौं आए । अन्तिम पटक भेट्ने इच्छा
गरेको भन्दै उसको दाइले फोन गर्‍यो । एक घण्टा कुरा गर्ने सर्तमा मलाई पीडा
दिने केटा, उनको दाई र म चाबहिलको एउटा रेष्टुरेन्टमा खाजा खान गए ।
खाजामा नसालु पदार्थ राखेको रहेछ । खादाखादै मलाई चक्कर लाग्न थाल्यो ।
बेहोस भएछु । 
ब्यूझिदा बसपार्कको एउटा होटलमा लगेर बलत्कार गरी अश्लिल
भिडियो बनाएछ । सबै जानकारी पाएपछि मलाई उक्त भिडियो देखाई पुनः पटक पटक
बलत्कार गर्‍यो । अब म उसकी श्रीमती भएको र विवाह नगरेमा भिडियो सार्वजनिक
गरी बेइज्जत गर्ने र फेसबुकमा राख्ने सम्मको धम्की दियो । घटनापछि पढाई
तर्फ कुनै ध्यान गएन । परीक्षामा दुई बिषयमा फेल पनि भए । मेरो पढाईको स्तर
अचानक गुमेको, निरन्तरको तनावको कारण आनी बानीमा आएको परिवर्तनबाट
साथीहरुले मेरो बिषयमा जिज्ञासा राख्दा मैले सबै कुरा सुनाए । साथीहरुले
कानुनी कारबाही गर्न सल्लाह दिएपछि मोरङ स्थित घरमा गए । दाई, दिदी,
भिनाजुलाई भन्दा उल्टो सामाजिक बेइज्जत होला भन्ने चिन्ताले त्यही केटाको
परिवारसंग सम्पर्कमा गए । दुबै परिवारको दबाबमा ०६८ जेठ ९ गते त्यही
केटासंग मेरो विवाह भयो । पुनः अध्ययनको लागि पोखरा फर्के । 
विवाह भएपछि
कसैसंग बोल्न, हिडन नहुने, बुबा, दाई शिक्षक, भाई सबलाई बात लगाउन उनी पछि
परेन । श्रीमती भएपछि उसबाट पशुवत करणीको समाना गर्नु पर्‍यो । मेरो इच्छा
विरुद्ध पटक पटक वैवाहिक बलत्कार गरे । उनको यस्तो व्यवहारले कानुनी रुपमा
सम्बन्ध बिच्छेद नगर्दासम्म उसको निजी सम्पति वा अधिकारको बस्तु ठानी
मानसिक, शारीरिक शोषण गर्ने भएकोले पतिकोको नाताबाट सम्बन्ध बिच्छिेद हुनु
आवश्यकता ठानेर यो निवेदन दिएको हु ।
पीडित युवतीले अदालतमा दिएको निवेदनको अंश ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।