माघ २४ – आङकाजी शेर्पाका बारेमा किन समाचार छापिस् भन्दै साँघुका सम्पादकलाई मार्ने धम्की आएको छ ।

साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई फोनमार्फत लगातार ज्यान मार्ने धम्की आईरहेको उनले बताएका छन् ।

विभिन्न देशको नम्बरबाट आफूलाई गालीगलौजसहित मार्ने धम्की आइरहेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । साँघु साप्ताहिकले ‘काजीले कुम्ल्याउँदा महासंघको मौनता शीर्षकमा समाचार छापेपछि यस्तो धम्की आएको हो ।

उनले मंगलबार दिनभरजस्तै पटकपटक आफूलाई धम्कीका फोन आइरहेको बताएका छन् । सबैभन्दा पहिला ४९१५२१२०८१४१० नम्बरको टोलिफोनबाट धम्की आएको थियो । यो नम्बर जर्मनीको रहेको टेलिकमले जनाएको छ । यस्तै, चार बजेर ८ मिनेट जाँदा अर्को धम्की ६०११२१५४९३२ नम्बरबाट आएको बुढाथोकीले जानकारी दिए । टेलिकमका अनुसार यो मलेसियाको नम्बर हो ।
सम्पादक बुढाथोकीले आफूलाई आएको धम्कीको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा समेत सार्वजनिक गरेपनि प्रहरी प्रशासनमा भने नगएको बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।