कुमार तमु, जापान – कास्की सील्दुजुरे ३ ताप्राङ् घर भई पोखरा उपमहानगर पालिका १२ माटेपानी बस्ने मन बहादुर तमुलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

हाल बैदेशिक रोजगारीका शिलशिलामा ४ बर्ष अगाडी जापान आइपुग्नुभएका मन बहादुर तमु अस्वास्थ्य भई उपचार एवं काम गर्न नसक्ने अवस्था र नेपाल फर्कन आर्थिक समस्या भएकोले तमु धीं जापानको पहलमा कोषाध्यक्ष एवं समाजसेवी खड्ग सिंग तमुले जापानमा रहेका तमु बन्धु आफन्तजन हरुबाट आर्थिक सहयोग संकलन गरि पिडित मन बहादुर तमुलार्इ नेपाल पठाइएको छ ।

उहाँलार्इ आर्थिक सहयोग गर्ने हरुमा सिक्लेस ७ का नन्दराज तमु ५,००० सिक्लेस ७ का खोंउ बहादुर तमु ५,००० र पोखरा दिप १६ का, मीम छन्त्याल ५,००० र पोखरा रानी पौवा ११का चित्र बहादुर तमु ५,००० पोखरा नयाँगाउँ काहरि बहादुर तमु ३,००० पोखरा रानी पौवा ११ का बुद्धि बहादुर तमु ५,००० घान्द्रुक ८ का मशिना तमु २,००० पोखरा माटेपानी १२ का राजेन्द्र तमु ५,००० पोखरा फुलबारी ११ का नरेश तमु ५,००० पोखरा बाझापाटन १३ का होम बहादुर तमु ३,००० तांगतिंगका, माया तमु २,००० घान्द्रुक ५ का,बिजय तमु ४,००० पोखरा काउखोला १३ सुमन श्रेष्ठ २,००० पोखरा शान्तिदिप १६ का राम तमु २,००० र पोखराका जुनिएर गौचन २,००० र पोखरा फुलबारी ११ का ओम प्रसाद तमु २,००० पर्बत भूकादेउरालीका बेल बहादुर तमु ५,००० घान्द्रुक ८ ल्वूका राजू तमु १,००० र पोखरा दिप १६ का फेन बहादुर छन्त्याल २,००० काठमाडौंका, मनोराज श्रेष्ठ २,००० मनाङ्ग का, गंगा तमु १,००० मनाङ्ग का, कल्पना तमु १,००० बाट संकलित ६,९००० उनान्सत्तरी हजार येन र तमु धीं जापानले पनि पिडित मन बहादुर तमुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै धीं बाट आर्थिक सहयोग स्वरुप २५,००० पच्चीस हजार येन गरि जम्मा ९४,००० र चौरानब्बे हजार येन मध्ये बाट नेपाल जाने जहाज टिकेट बाट बाँकी रहेको रकम नेपालमा स्वास्थ्य उपचारका लागि पठाई सकेको पनि धीं का अध्यक्ष हर्क तमुले जानकारी दिनुभयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।