एजेन्सी – लन्डनमा उपचार गराइरहेकी पाकिस्तानी बालिका मलाला युसाफजायीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको भिडियो सन्देश पठाएकी छिन् ।

बेलायतको एक सुविधासम्पन्न अस्पतालमा उपचार गराइरहेकी उनले आफैले पहिलो पटक गरेको भिडियो सन्देशमा भनिन्– “आज तपाईहरुले मलाई देख्न सक्नुभएको छ, म जिवितै छु ।”

उनले सो सन्देशमा थप भनेकी छिन्– “म पनि तपाईहरुलाई देख्न सक्छु, म सबैलाई देख्न सक्छु र अहिले म के भन्न चाहन्छु भने म दिन प्रतिदिन राम्रो हुँदै गएकी छु ।”

शनिबारको एक जटिल शल्यक्रिया पछि दिएको सो भिडियो सन्देशमा अङ्ग्रेजी भाषामा नै उनले भनेकी छिन्– “यो तपाईहरु सबैको आशिर्वादले गर्दा हो, म सबैसँग बोल्न सक्ने भएकी छु । ”

बालिका शिक्षा र बाल अधिकारको वकालत गरेको भन्दै पाकिस्तानका तालिवानीहरुले उनलाई गत अक्टोवर ९ मा गोली हानेका थिए ।

उनको पाकिस्तानमा उपचार नभएपछि लन्डनको एक सुविधा सम्पन्न अस्पतालमा चार महिनादेखि उपचार भइरहेको छ । चिकित्सकहरुले पनि उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।