माघ १५ – जन्ती बोकेको ट्याक्टर कैलालीको बनबेहडामा दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।
कैलालीको भजनीबाट जन्ती लिएर धनगढी मजगाउँ आईरहेको से १ प २२४५ नम्बरको टयाक्टर बनवेहडास्थित सशस्त्र प्रहरीको चेक पोष्ट नजिक आज बिहान करिब साढे आठ बजेतिर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा भजनी–५, ठेकीपुरका अन्दाजी २५ बर्षिय कालुराम चौधरी रहेका छन् ।
घाईते सबैको अत्तरियास्थित सेवा नरसिङ होममा उपचार भैरहेको छ । दुर्घटनामा घाइते भएका २१ जना मध्ये ७ को अवस्था गम्भीर रहेको बताइएको छ ।




