माघ १५ – एसिसी महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत आज नेपालले हङकङलाई हराउँदै लगातार चौथो जित हात पारेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

हङकङले दिएको ५४ रन पछ्याउने क्रममा नेपालका तीन विकेट सुरुमै झरे पनि सरिता मगर र नेरी थापाले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको हो ।

सरिता १४ रन बनाएर आउट हुँदा नेपाललाई विजयका लागि नौ ओभरमा थप १४ रनमात्रै आवश्यक थियो जसलाई नेरी थापा र रुबिना क्षेत्रीले १८ औँ ओभरमा पूरा गरिन् । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

ओपनिङ व्याट्सम्यान सीता मगर र मधु थापा रनको खाता खोल्न नपाउँदै पवेलियन फर्किएका थिए । रोशनी बोहारा पनि एक रन बनाउँदै आउट भईन् ।

त्यसपछिका व्याट्सम्यान सरिता मगर र नेरी थापाले ३३ रनको साझेदारी गर्दै नेपालको जितलाई सुनिश्चित गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।