माघ १५ – तनहुँस्थित डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग४प ८१३९ नम्बरको मोटरसाइकलले आँबुखैरेनी गाविस–६ गाविस भवन नजिक एक पैदल यात्रीलाई आइतबार ठक्कर दिँदा आज बिहान उनको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँबुखैरेनी गाविस– ६ निवासी ४० वर्षीय चन्द्रबहादुर खवास रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलले आइतबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका खवासको स्थानीय मेडिकलमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिएको बताइएको छ ।
Comments








