फुटबल दंगामा दोषी ठहर भएका २१ जनालाई मुत्युदण्ड दिने अदालतको फैसलापछि फैलिएको हिंसामा ३३ जनाको मृत्युपछि ईजिप्टका तीन शहरमा संकटकाल लगाइएको छ ।

ईजिप्टका राष्ट्रपति मोहमद मुर्सीले हिंसाग्रस्त तीन शहरमा संकटकाल घोषणा गरेका हुन् ।
राष्ट्रपति मुर्सीले राष्ट्रको नाममा सम्बोधन गर्दै पोर्ट सेज, सुयज र ईस्लामियां शहरमा आगामी तीस दिनसम्म संकटकाल लागु हुने घोषणा गरेका हुन् ।

राष्ट्रपति मुर्सी विरुद्ध राजधानी कायरोको ताहरिर स्क्वाएरलगायतका स्थानमा विरोध प्रदर्शन जारी छ । विपक्षहरुले होस्की मुबारकलाई पतन गराउने आन्दोलनलाई धोका दिएर मुर्सीले नयां संविधानमार्फत देशमा निरंकुशता लाद्न खोजेको आरोप लगाईरहेका छन् ।

गएको बर्ष इजीप्टको पोर्ट सइद स्टेडियममा भइरहेको फुटबल प्रतियोगीतामा अल मास्री क्लबका समर्थकहरुले अल आहली क्लवबका समर्थक माथी आक्रमण गर्दा ७४ जनाको ज्यान यसरी गएको थियो भिडियो हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।