माघ १५ – द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ९ जना विरुद्ध दैलेद जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ ।
पछिल्लो समय निक्कै विवादित र चर्चामा रहेको पत्रकार थापाको हत्यारालाई कारबाहीको विषयमा सरकार र पत्रकार तथा विपक्षी दलहरुबीच विवाद रहेकै अवस्थामा आज ९ जना अभियुक्तविरुद्ध कर्तव्यज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो ।
अभियुक्तविरुद्ध मुद्दा चलाउन प्रहरीले विभिन्न ६८ वटा प्रमाण जुटाएको आधारण्मा जिल्ला न्यायधिवक्ताको कार्याले सर्वस्वसहित जन्मकदैको सजाय माग राखी उक्त मुद्धा दायर गरिएको छ ।
यसरी, मुद्धा दायर गरिएका अभियुक्तहरुमा द्धारीका लक्षीराम घर्तीमगर, बालुवाटार ९ निरकबहादुर घर्तीमगर, बीरबहादुर केसी, द्धारीकै हरिलाल पुनमगर, रानीवनका जयबहादुर शाही, छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्का, केशव खड्का, कट्टकिा मुक्ती भन्ने बमबहादुर खड्का, द्धारीकै भक्तिराम लामीछाने रहेको प्रहरीले जनाएको छ ।
उनीहरु नौ जनाविरुद्ध मुलुकी ऐनको १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैद माग गरिएको छ ।