माघ १५ – चौँथो तनहुँ महोत्सवमा हेलिकप्टर चढ्ने र हेर्नेको घुइँचो लागेको छ ।
हेलिकप्टरबाट जिल्लाका पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएपछि हेलिकप्टरमा चढ्नेको घुइँचो लाग्न थालेको हो ।
हेलिकप्टर छोएर फोटो खिचाउने र फेसबुकमा राख्नेहरुको सङ्ख्या पनि कम छैन ।
हेलिकप्टर पहिलो पटक ल्याइएकाले पनि महोत्सवमा आउने दर्शकको सङ्ख्या बढ्दै गएको हो । हेलिकप्टरमा एक पटकमा पाँचजना चढ्न सकिन्छ ।
महोत्सवको तेस्रो दिन आइतबारसम्ममा आठ वटा उडान भराई सर्वसाधारणलाई दृश्यावलोकन गराइसकेको पाइलट अरुण मल्लले बताए ।
हेलिकप्टरबाट दृश्यावलोकन गर्दा दश मिनेटको रु चार हजार छ सय र १५ मिनेटका लागि रु छ हजार एक सय लाग्ने महोत्सव प्रचारप्रसार समितिका सदस्य सन्देशलाल राजभण्डारीले बताए ।
एयर डाइनेस्टी हेलिकप्टरले महोत्सवमा आउने दर्शकलाई लक्ष्यित गर्दै यो कार्यक्रम ल्याएको हो ।