![]() |
| राजकुमारी क्याथरिन |
नर्स ज्यासिन्था साल्डानाले फोन उठाउँदा सिड्नीको टुडे एफएमका दुई प्रस्तोताले आफूलाई बेलायती महारानी एलिजावेथ द्वितीया तथा विलियम्सका पिता राजकाुमार चाल्र्सको रूपमा प्रस्तुत गरेका थिए । यी नर्सले आफ्ना साथीलाई फोन दिएकी थिइन र उनले क्याथरिनको स्वास्थ्यका बारेमा जानकारी दिएकी थिइन् ।
साल्डानालाई शुक्रबार मृत अवस्थामा फेला पारिएको थियो । लन्डनको निजी किङ एडवर्ड सातौँ अस्पतालका प्रमुखले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
रेडियो केन्द्रले प्रस्तोता मेल ग्रेइग तथा माइकल क्रिस्चियनले उक्त घटनाबाट आफू स्तब्ध भएको बताएको उल्लेख गरेको छ । टुडे एफएम तथा त्यसका मालिकले यी प्रस्तोता अर्को सूचना नभएसम्म काममा नफर्कने उल्लेख गरेका छन् ।
नर्सको मृत्युभएको समाचार बाहिर आउनासाथ उक्त रेडियो स्टेसनका फेसबुक पानामा हजारौँ टिप्पणी आएका थिए र धेरैले यी दुई प्रस्तोतालाई बर्खास्त गर्न माग गरेका थिए ।
रानीको स्वर नक्कल गरी लिइएको समाचार अस्ट्रेलियामा व्यापक रूपमा प्रसारण भएको थियो र त्यसमा विभाजित भनाइ आएका थिए । कसैले यसलाई क्षतिविहीन हाँसोको रूपमा लिएका थिए भने कसैले सबैसँग गोपनीयताको अधिकार हुने बताएका थिए ।
अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले नर्सको मृत्यु डरलाग्दो दुर्घटना भएको बताएका छन् । । अस्ट्रेलियाली सञ्चारमन्त्री स्टेफेन कोनरोयले अस्ट्रेलियाली सञ्चार तथा आमसञ्चार प्राधिकरणले यस विषयमा गुनासो प्राप्त गरेको र उनीहरूले कुनै आचार संहिता उल्लङ्घन गरेका छन् कि छैनन भनी अनुसन्धान गरिने जानकारी दिए । – एजेन्सी







