मङ्सिर २४ – सरकार पक्षीय गठबन्धनले विपक्षीहरु सहमतिमा नआए मन्त्रिपरिषद् विस्तार गर्ने चेतावनी दिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले विपक्षी दलहरू सहमतिका लागि तयार नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि विपक्षी दलहरू तयार नभए मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

विपक्षी दलहरू सहमति भन्दा पनि सरकारको लागि मात्रै केन्द्रित भएको निष्कर्ष निकाल्दै गठबन्धनले अझै सहमतिको लागि पहल गर्ने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

राष्ट्रपतिले राजनीतिक सहमतिका लागि हिजो थप गर्नुभएको छ दिनको म्यादभित्र सहमति भए गठबन्धनका तर्फबाट सहमतिको लागि अभिकत्तम प्रयत्न गर्ने तर सो समयमा सहमति हुन नसके अब म्याद थप गर्नुको विकल्प नहुने निष्कर्ष निकालेको उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।