बेलायती युवराज्ञी केट मिडलटनको नग्न तस्बिरले यतिबेला विश्व नै पिटेको छ । उनको नन्न तस्बीर बेलायती पत्रिकाले नछापे पनि आयरल्यान्डको एउटा ट्याब्ल्वाइड पत्रिकाले भने छापिदिएको छ ।

आइरिस डेली स्टारले दुई पेजको समाचारमा फ्रान्सको क्लोजर म्यागेजिनले छापेकै १० वटा फोटो क्रुद्ध केटले तस्बिर छापेकोमा पत्रिकालाई मुद्दा हाल्नेु शीर्षकमा छापेको हो ।

इटालियन गसिप म्यागेजिन ‘चे’ले २६ पेजको रिपोर्टसहित नछापिएका थप तस्बिरहरु सोमबार छाप्ने घोषणा गरेको छ ।
ग्रिक पत्रिका एलेफ्थेरोस टिपोजले पनि मुखपृष्ठमा नै दुई वटा नग्न फोटो छापिसकेको छ ।

यसैबीच, फ्रान्सको क्लोजर म्यागेजिनविरुद्ध भने राजदम्पतिले मुद्दा दायर गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।