तपाइले नयाँ किनेर ल्याउनु भएकै कम्प्युटरमा भाइरस छ भनेर तपाईलाई पत्यार नलाग्न सक्छ | तर बास्तबिकता यहि हुन सक्छ |
अमेरिकी सफ्टवेर निर्माता कम्पनि माइक्रोसफ्टले कम्पनिबाट भर्खरै बनाएको नयाँ कम्प्युटरमा भाइरस भेट्टाएको छ |
ह्याकरहरुले सफ्टवेरको कमजोर सुरक्षाको फाइदा उठाउदै नया बनाउदै गरेको कम्पुटरमै भाइरस राख्ने प्रणालीको विकास गरेर यो कार्य सफल गरेका हुन् | माइक्रोसफ्टले नमुनाको लागि चिन बाट ल्याएको १० वटा ल्यापटप र १० डेस्कटपमा परिक्षण गर्दा निक्कै घातक भाइरसहरु भेटीएको थियो |
भेटिएको भाइरस मध्ये निटोल नामक एक भाइरस अन्यात्नै घातक छ, जस्ले प्रयोगकर्ताको कम्प्युटरमा रहेको डाटाहरु सजिलै चोर्न सक्नेछ |
माइक्रोसफ्टले निकालेको ओरिजिनल विन्डोजको मूल्य धेरै हुने हुनाले त्यसलाई क्र्याक गरि चलाउने चलनले गर्दा पनि यस्तो भाइरसहरु लाग्ने गरेको छ |
ह्याकरले कम्प्युटरमा विन्डोज एक्टिभेट हटाउनको लागि बनाइएको क्र्याकमा भाइरस राखेर कम्प्युटरमा सजिलै भाइरस पठाउने गरेको पनि पाइन्छ | त्यसैले जुन सुकै क्र्याकको प्रयोग गर्नु हुदैन | सके सम्म ओरिजिनल विन्डोजको प्रयोग गर्न पर्दछ |
अमेरिकी अदालतले माइक्रोसफ्टलाइ यस्तो भाइरस आक्रमणलाई हटाउने अधिकार दिएपछि माइक्रोसफ्टले यसको लागि आबस्यक कार्य गर्दै गरेको जनाएको छ | – फ्रीसंसार डटनेट