बलिउडमा को नायक या त कुन नायिकाले कति पारिश्रमिक खाने भन्ने कुराको बेला बेला खैला बैला नै हुने गरेको छ । यसअघि नायक सलमान खानको पारिश्रमिकले त्यहाँ ठूलै तहल्का पिटेको पनि थियो ।
त्यस्तै बलिउड अभिनेत्री माधुरी दीक्षितको पारिश्रमिकले पनि अहिले चर्चा पिटेको छ । उनले एक दिनको भाउ १ करोड पुगेको खबरले चर्चा पिटेको हो ।
तर यो एक करोड उनले कुनै चलचित्र वा विज्ञापनमा अभिनय गरेबापतको भने होइनन । उनले कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटी सोको झलक दिखलाजामा निर्णायक बनेबापत उनले एक दिनको एक करोड मागेकी हुन् ।
च्यानलले भने उनको यो डिमान्ड पूरा गर्न तयार भएको बताइएको छ ।
यो रियालिटी सो हप्ताको दुई दिन प्रसारण हुन्छ । कुशल अभिनयका साथै उत्कृष्ट नृत्य गर्न सक्ने क्षमताका कारण कुनै समय बलिउडकी नम्बर १ नायिका रहेकी माधुरी बिहेपछि चलचित्रबाट टाढिएकी हुन् ।
यसै रियालटी सोको अघिल्लो संस्करणमा समेत निणार्यक बनेकी माधुरीले त्यसपटक भने यति धेरै रकम माग गरेकी थिइनन् ।