भदौ ३१ – प्रधानमन्त्री डा. बाबराम भट्टराई चढेको हेलिकप्टर आज दोस्रो पटक आकस्मिक अवतरण गरिएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकप्टर जुम्लाबाट कालिकोटका लागि उठान गर्ने क्रममा खराब मौसमका कारण सुर्खेतमा अवतरण गरिएको हो ।
प्रत्येक महिनाको अन्त्यमा जनताका घरमा एक रात बास बस्ने नियमित कार्यक्रम बनाएर प्रधानमन्त्री भट्टराई हिजो हेलिकप्टर चढेर जुम्ला पुगेका हुन् ।
सो क्रममा हिजो पनि उनी चढेको हेलिकप्टर बाँकेको कचनापुर-५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गरेको थियो ।
मौसम राम्रो भएपछि हिजै टोली पुनः जुम्लातर्फ लागेको थियो ।
Comments