भदौ ३१ – दोस्रो साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज भएको फाइनल खेलमा नेपाल भारतसँग ३–१ गोल गोलमा समेटिदैं उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा भएको फाइनल खेलमा नेपाल फेरी साफ च्याम्पियनसिपको उपविजेतामै सीमित भएको हो ।
२ बर्षअघि भएको पहिलो संस्करणको फाइनलमा पनि नेपाल भारतसँग नै हार बेहोरेको थियो ।
आजको फाइनल भिडन्तमा नेपालले खेलको तेस्रो मिनेटमै विपक्षीको पोष्ट भित्र गोल हानेर अग्रता लिए पनि त्यसलाई सुरक्षित राख्नबाट भने नेपाल असफल भयो ।
खेलको तेस्रो मिनेटमा अनु लामाको गोलमा दीपा अधिकारीले गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि आठौँ मिनेटले भारतले नेपालको पोष्ट भित्र गोल छिराउन सफल भयो ।
निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलको ६७ औं मिनेटमा भारतले अर्को गोल गर्दै खेल दोब्बर बनायो भने भने ८३ औं मिनेटमा तेस्रो गोल गरेर नेपाललाई पुनः हराउन सफल भयो ।
आजको खेलमा अधिकांश समय बल मध्यमागमा रहेपनि नेपालले पाएका केही मौका सदुपयोग गर्न नसक्दा नेपाल साफ वुमेन्स च्याम्पियनसिपको उपविजेताका रुपमा सिमित हुन पुगेको हो ।





India lai jitne ta yiniharule aat nai garna sakdainan. India samunne aayo ki Garud ko chhaya pareko sarpa jasto bhaihalchhan. Damn India! Damn Dhoti!!! Nepal ko lagi India abhishap nai bhayo harek chhetrama.