भदौ ४ – मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङको हर्कटेमा यात्रुबाहक जिपले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।
इरौँटार–४ बस्ने सात वर्षीया मुस्कान राईको बा ७ च ३३३७ नम्बरको जिपले ठक्कर दिँदा मृत्यु भएको हो ।

बालिका विद्यालयबाट घर फर्किरहेको अवस्थामा आइतबार दिउँसो जिपले ठक्कर दिएको बताइएको छ ।

जिपको ठक्करबाट घाइते उनको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।