डिसीनेपाल डटकम संवाददाता – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराइले राजीनामा नदिए आफूहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
उनले राष्ट्रिय सहमतिका लागि बाटो खुला नगरे देशमा मुठभेड निम्तने समेत बताए ।


प्रेस चौतारी चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले प्रधानमन्त्रीले सरकार नछाड्ने हो भने विपक्षी दलहरु टुलुटुलु हेरेर नबस्ने बताए ।

बाबुरामकै कारण पूर्वराजा समेत सलबलाउन थालेको उनको भनाइ थियो ।

नेपालले सहमतिमा संविधानसभा पुनर्स्थापना गर्न सकिने धारणा समेत व्यक्त गरे ।

संविधान बनाउन गोलमेच सम्मेलन, पुरानो संविधानसभालाई ब्युँताउन सकिने बिकल्प भएको उनको भनाई थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।