![]() |
| out of News |
असार १९ – महोत्तरी जिल्लाको बेलगाछी—९ मा आज आफ्नै दाउराको भारीले थिचिएर एक जना भारतीयको मृत्यु भएको छ ।
बेलगाछीस्थित सागरनाथ परियोजनाको वनमा दाउरा काटेर साइकलमा राखी घर फर्कन लागेका सीमावर्ती भारतको सीतामढी जिल्लामा पर्ने भगवतीपुरका ३५ बर्षीय रामएकबाल रायको दाउराको भारीले थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।
दाउरा बोकिएको साइकल चिप्लो बाटोमा अनियन्त्रित भई लड्दा त्यसैले थिचेर रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रायको शव जलेश्वर अस्पतालमा परीक्षण गरी परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।
|
|
Comments








