काठमाडौं । सरकारले दुई जना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्ले आज बसेको बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
यस्तै, अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।




