दीपककुमार साह उद्योगमन्त्री नियुक्त

काठमाडौं । सुनसरी-४ का सांसद दीपककुमार साह नयाँ उद्योग मन्त्री बनेका छन् ।

प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । उनकाे आज साँझ पद तथा गोपनियताको सपथ लिएसँगै पदभार ग्रहण समेत गरेका छन् ।

गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योगमन्त्रीमा साह मन्त्री बनेका हुन् ।

उनले सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए। चुनावअघि भने उनी रास्वपा प्रवेश गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।