ग्यास अभावले गयो मन्त्रीको पद

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले हिजो मात्र उद्योगीका कारण ग्यास अभाव भएको उल्लेख गर्दै उद्योगीलाई पाता कस्नुपर्ने बताएकी थिइन् ।

उनको यो असन्तुष्टिको २४ घण्टा पनि नबित्दै उनी आफैं पदबाट हटेकी छिन् ।
।
इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेपछि उनलाई राजीनामा दिन नैतिक दबाब परेको थियो ।

तर, विषय यतिमै मात्र सिमित छैन । यसअघि प्रधानमन्त्री निकट व्यक्तिहरुले उनलाई हटाउन खोजेका थिए । पेट्रोलिय पदार्थको मूल्य चुहावट गरेको विषयमा प्रधानमन्त्री र उनको सचिवालय मन्त्रीप्रति असन्तुष्ट बनेको थियो ।

राजीनामालगत्तै मन्त्रालय छाडेकी यादव आँखाभरी आँशु पारेर बाहिरिएकी थिइन् । राजीनामा दिएर बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै प्रश्नको उत्तर दिइनन् ।

तत्कालीन श्रम मन्त्री दिपक साह विवादमा परेपछि राजीनामा दिएर रिक्त रहेको ठाउँमा उनी मन्त्रालय साटफेर गरेर नियुक्त भएकी थिइन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।