असार १० – नेपाली समय अनुसार मध्यराति भएको युरो कप २०१२ को गएराति भएको खेल अन्तर्गत इटालिले इङ्ल्यान्डलाई पाखा लगाउन सफल भएको छ ।

अन्तिम क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै २-४ गोलको दुरीमा इटाली सेमिफाइनल पुगेको हो ।
खेलको ९० औं मिनेटसम्म दुवै टिमले गोल नगर्दा खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि दुबै पक्षले कुनै गोल नगर्दा खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा इङ्ल्यान्डका दुई स्टार खेलाडी गोल गर्न चुके पछि इटाली खेल २-४ ले जितन सफल भएको हो ।

यसअघिको खेलमा पोर्चुगल, जर्मनी र स्पेनले सेमिफाइलन यात्रा सुरक्षित राखिसकेका छन् ।

Italy VS England Photo Feature:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।