असार ११ – जागिर छोड्दाको अवधिमा प्रहरीहरूले पाउने औषधि उपचार रकम खर्चबापत एकमुष्ट रकम नदिने निर्णय गर्ने तयारी गरेको हल्ला बाहिर आएपछि नेपाल प्रहरीमा कार्यरत आधिकांश प्रहरीले जागिर अवधि नपुगी बीचमै धमाधम राजीनामा दिन सुरु गरेका छन् ।
वर्तमान सरकारले प्रहरीले नोकरी छोड्दाको अवधिमा उनीहरूले पाउने औषधि उपचार रकम खर्चबापत एकमुष्ट रकम नदिने निर्णयको तयारी गरेको भन्ने हल्ला बाहिर आउनसाथ यस्तो भएको हो ।
प्रहरीले नोकरी खाएपछि नोकरी छाड्दाको अवस्थासम्म उपचार खर्च भनी रु दुई लाख ५० हजार भन्दा बढी रकम पाउने व्यवस्था रहँदै आएको थियो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीसँग सम्पर्क गर्दा प्रहरीले राजीनामा दिइरहेका हुन् तर उपचार खर्च कटाउने कुरा हल्ला मात्र हो भनेर भैले भनिरहेको छु, केन्द्रको परिपत्र देखाउँदा पनि राजीनामा दिइरहेका छन् रासस खबरलाई बताएका छन ।
प्रहरीले पाउने सुविधा सरकारले कटाउन सक्दैन र कटाएमा सर्वोच्च अदालतमा मुद्दा पर्छ र सर्वोच्च अदालतले सुविधा दिने आदेश दिन्छ उनको भनाई छ तर पनि राजीनामा दिने क्रम नरोकिएपछि प्रहरीमा तालिम प्राप्त जनशक्तिका अभाव हुने देखिएको छ ।
|
Comments