द टेलिग्राफ, भेनेजुएला, जेठ २०
उपहार आफैमा महत्वपूर्ण हुन्छ । त्यसमा देशका सर्वोच्च व्यक्तिले उपहार दिएपछि त्यसको महत्व कति होला ? भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजले एक १९ वर्षकी युवतिलाई घर नै उपहार दिएका छन् । किन त ? प्रश्न आउछ के चावेजको अफेयर चलेर होत ? कि उनले देशका लागि राम्रो काम गरेर विभूषणको रुपमा या आफ्नो समर्थक बनाउन ? वा अरु नै केही कारण केहीबेर सोच्नुहोस् । तर मिलाउन कठिनै होला कारण अर्कै छ ।
के होला कारण घर नै दिनुपर्ने ?
चावेजले ट्वीटरमा आफ्ना फलोअर (समर्थक) ३ मिलियन अर्थात ३० लाख पुगेको मौका पारेर तीस लाख समर्थकलाई उपहार दिएका हुन् । त्यही सौभाग्य स्वरुप १९ वर्षकी नातालिया भाल्दिभिएसोले चावेजको घर उपहार पाएकी छन् । राष्ट्रपतिचाबेज बाट घर पाएपछि खुसी हुदै भाल्दिभियासोले भनेकी छन् ‘धन्यवाद र मेरो घर सुन्दर छ ।’ उनले चावेज सवैभन्दा राम्रा राष्टपति भएको भन्दै उनले थपिन् ‘म जीवनको सवैभन्दा खुसीको दिनमा छु ।’
कुरा गजव छैन त ?
Comments