कविता

जनताले ल्याएको गणतन्त्रमा देशको नेताहरुको रजाई छ ।
जनताको रगतमा डुवेर बस्ने नेताहरुलाई शब्द र बिचारबाट प्रहार छ ।

जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र एक बर्ष विति सक्यो
कामरेड ! खोई काम कहाँ के भयो राज्यको ढिकुटी रित्ती सक्यो

देशमा जनताहरु गणतन्त्र ल्यायो भनि हाँसि खुशी थिए
देशका नेताहरु गणतन्त्र ल्यायो भनि गोजी भर्ने फाईदा लिए

कम्युनिष्ट नेता हु भन्छन महलमा र बालुवाटारमा हुन्छ बास
देशमा नियम कानुन छैन जनतामाथि हुन्छ सधैभरि अपहरण दास

जनतालाई मारेर फाईदा लुटने कमरेडहरु नेताहरु
बिकास गर्न सक्दैनौ भने आजै देखि राजनितिबाट सन्यास लिए हुन्छ

एउटै घरको आगानमा बसेका दाजुभाईलाई टुक्रयाउन नखोज
भोका नेताहरु ठुलो शहरमा बसेर बालुवाटार र नारायणहिटी नखोज

नरोऊ नेपाली आमा तिम्रो देशप्रेमी छोरा आउदैछन्
अब विदेशिको इसारामा चल्ने नेताहरु राज्य र सडक सदन छाड्दैछन्

सामन्तिहरु निविसकेको छैन सल्काउदैछन आगो
जनता हो जति सक्छौ छिटो हामी सामन्ति निवाउन लागौ ।

                     नबराज योन्जन
                            भोजपुर 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।