मंसिर ७ गतेका लागि तोकेको छ । जुन चुनावको प्रस्ताव कांग्रेस एमालेले भने
स्वीकार गरेका छैनन् ।
संविधानसभा भंग हुनु लगभग केही मिनेट अगाडी मात्रै प्रधानमन्त्रीले
बालुवाटारमा पत्रकार सम्मेलन गरेर घुमाउरो शैलिमा कांग्रेस एमालेका कारण
संविधान बन्न नसकेको बताएका छन् ।
उनले संघीयता कांग्रेस एमालेको शब्दकोषमै नभएको उल्लेख गरेका थिए ।
राज्यपुर्संरचना आयोगको १० र संविधानसभाको समितिले दिएको १४ वटा प्रदेशको
प्रस्तावमा छलफल गर्न भन्दा उनीहरु नमानेको प्रधानमन्त्रीले उल्लेख गरेका
थिए ।
उनले सम्बोधनका क्रममा कसैलाई दोष दिन नचाहने भन्दै राजनीतिक सहमति बिना फेरि पनि अगाडि बढ्ने अवस्था नरहेको बताए ।
उनले विविधताले भरिएको हाम्रो देशको भविष्य उज्जवल भएको भन्दै यसपटक
संविधानसभाबाट संविधान नबनेपछि मसिंर ७ गतेको निर्वाचनमा सबैले आ(आफ्नो
एजेन्डा लिएर अगाडि जानुपर्ने बताए ।
उनले भने जनताका मुद्दाहरु केन्द्रमा राखेर आगामी निर्वाचन हुनेछ । निराश
नबनिकन नयाँ नेपाल निर्माणका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।
उनले राष्ट्रपतितर्फ केन्द्रित हुँदै आगामी निर्वाचन मन्त्रि परिषदले नै पूरा गर्ने पनि बताएका छन् ।