बलिउड अभिनेत्री शिल्पा शेट्टी छोराको ममी बनेकी छन्  । उनले छोरालाई जन्म दिएपछि शिल्पाका पति राज कुन्द्राले आफू बाबु बनेको खुसीको खबर ट्विटरमा मार्फत शेयर गर्न भ्याएका थिए ।

उनले ट्विटरमा भगवान् आफूहरूलाई सुन्दर छोरा दिएको भन्दै ट्विट गरेका छन् । उनले आमा र छोरा दुवैको स्वास्थ्य इनि राम्रो भएको बताएका छन् ।

उनले ट्विटरमा नै ट्विट गर्दै भनेका छन् शील्पाले आफूलाई एक राम्रो उपहार दिएको बताउँदै शिल्पालाई धन्यवाद दिएका छन् । साथै उनले अस्पतालका स्टाफ तथा डाक्टरलाई पनि धन्यवाद दिएका छन् ।
शेट्टीले मुम्बईको हिन्दुजा नामक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।