प्रारम्भमा भएका छलफल तथा अन्तरक्रिया कार्यक्रम साप्ताहिक रुपमा आरआर क्याम्पसको कुनै कोठाबाट हुन थाले । एउटा कार्यक्रममा एक विषयमा छलफल गरेर अर्को हप्ताको लागि हुने कार्यक्रमको विषय अघिल्लै हप्ताम सार्वजनिक गर्दै कार्यक्रम हुन थाले । अघिल्लो हप्ता सार्वजनिक भएको विषयमा सकेसम्म अध्ययन, खोज र अनुसन्धान गरेर आफ्नै साथीका अगाडि प्रभावकारी प्रस्तुती (प्रेजेन्टेसन) का कार्यक्रम हुन थाले ।
नेपालमा पत्रकारिता विषय पढाइ हुन थालेको ३३ वर्ष पछि पत्रकारिताका विद्यार्थीकै सक्रियातामा स्थापना भएको यो विद्यार्थीको समूहले छ ओटा हप्तासम्म निरन्तर समूहका संस्थापक सदस्यका बिचमा मात्र पत्रकारिताका विभिन्न विषयमा अन्तरक्रिया गर्यो । यसै मेसोमा छ हप्ताको प्रयास र छलफल पछि समूहले सातऔँ हप्ताको अन्तरक्रिया कार्यक्रमलाई राजधानीको नयाँबजार स्थित अक्फोर्ड इन्टरनेशनल उच्च माविमा अध्ययनरत पत्रकारिताका विद्यार्थी माझमा गएर कार्यक्रम गर्ने निर्णय गर्र्यो सोही निर्णय अनुसार अक्फोर्ड उमाविमा समूहको सातऔँ शृङ्खला सफलताका साथ सम्पन्न भयो । अक्फोडका विद्यार्थीले समेत ठूलो उत्साहाका साथ सियुपसमा सहभागिता जनाउँन थाले ।
समूहले छलफललाई व्यपाक बनाउँदै लग्यो । निरन्तर समूहका सदस्यका बिचमा हुने छलफल विस्तारै ठूलो समूहमा पुग्यो । सोही मेसोमा समूहको १० औँ भाग भने आरआर क्याम्पसमा व्यापक रुपमा सम्पन्न भयो । जुन कार्यक्रमले समूहलाई क्याम्पस भित्र र राजधानीका सम्पूर्ण पत्रकारिता विषय पढाइहुने क्याम्पससम्म परिचित गरायो ।
पत्रकारिता केन्द्रीय विभागको पत्रकारिता हलमा आयोजित १०औँ शृङखलामा त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख प्रबलराज पोखरेल, क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेल, स्ववियू सभापति राजकुमार राई लगायत अन्य राजनीतिक संगठनका प्रतिनिधिका साथै काठमाडौँ विश्वविद्यालयदेखि अक्सफोर्ड उमाविसम्मका गरिब ६० बढी विद्यार्थीका बिच अन्तरक्रिया कार्यक्रम गरेर सबैसामू सियुपसले आफ्नो परिचय बाढ्यो । १०आँै शृङ्खमा भएको अन्तरक्रियाले समूहप्रति सबैले विश्वास व्यक्त गर्न थाले । जुन विश्वासलाई दीगो राख्न उत्साहीत सियुपसमा संलग्नलाई अझ समूहप्रति काम गर्ने उत्साहा बढ्यो ।
All Photo © सिर्जनशिल युवा पत्रकार समुह