चितवन २१ साउन । भरतपुरमा जारी मतगणनाको पछिल्लो ताजा परिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धनको मेयरकी उम्मेदवार रेणु दाहालले ५७ मतले अग्रता लिएकी छिन् ।

भरतपुर महानगरको वडा नम्बर २० को मत गणना जारी छ । वडा नम्बर २० मा कुल ३३०२ मत खसेको थियो । अहिलेसम्म २००० मत गन्दा रेणु ५७ मतले अगाडि छन ।

मेयरका प्रत्यासी नेकपा एमालेका  उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालबीचको कडा प्रतिष्पर्धा रहेको छ । भरतपुर २० को २००० गन्दा रेणु ४२५८९ मत रहेको छ भने देवीको ४२५३२ मत रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।